कार्यालयको बारेमा
- परिचय
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालका सात बटा प्रदेशहरूमध्ये पूर्वी क्षेत्रमा रहेको कोशी प्रदेश मा अवस्थित १४ जिल्ला मध्येको उदयपुर जिल्ला नेपालकै सवै भन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला मध्येको एक हो ।कोशी नदीको दक्षिण पश्चिम तथा नेपालको अन्न भण्डार मानिने तराईका सिरहा र सप्तरी जिल्लाको उत्तरमा ३६˚३९˙ उत्तरी आक्षांश र ८६˚९˙ पूर्वी देशान्तरसम्म र समुद्र सतहबाट ९० मि. देखि २३४० मि. उचाई सम्म फैलिएर रहेको यो जिल्लाकव क्षेत्रफल २,२९,६४४ हेक्टर रहेको छ (श्रोता: २०मि. को contour interval भएको contour map)।
यसको पूर्वमा सुनसरी र धनकुटा जिल्ला, पश्चिममा धनुषा र सिन्धुली जिल्ला उत्तरमा ओखलढुगां, खोटाङ्ग र भोजपुर जिल्ला तथा दक्षिणमा सिरहा र सप्तरी जिल्ला पर्दछन् । यो जिल्ला तराईको समथर फाँटदेखि चुरे श्रृङ्गखला, भित्री मद्येश हुँदै महाभारतसम्म फैलिएको छ । पूर्वमा कोशी नदीदेखि पश्चिममा कमला नदीसम्म पूर्व पश्चिम लामो आकारमा फैलिएको छ । जिल्लाको कुल क्षेत्रफल २,२९,६४४ हे. को करिव ५९.१७ प्रतिशत भू-भाग वन क्षेत्रले ओगटेको छ ।
वि.स. २०४१ सालदेखी यस जिल्लामा जिल्ला वन कार्यालय स्थापना भएको थियो । नेपालको संबिधान २०७२ जारी भए पश्चात देशमा संघियता कार्यन्वयन भए सँगै वि.स.२०७५ सालमा वनको सांगठानिक संरचना परिवर्तन भइ तत्कालिन जिल्ला वन कार्यालयको नाम डिभिजन वन कार्यालय नामांकरण सँगै यस जिल्लामा दुईवटा डिभिजन वन कार्यालयको स्थापना भयो । देश संघीय संरचनामा गएपछि प्रादेशिक साँगठनिक संरचना तयार गर्ने क्रममा हाल यस डिभिजनमा हालको स्विकृत दरवन्दी ११० सहित र यस मातहतमा ८ बटा सव डिभिजन वन कार्यालयमार्फत वन जंगलको संरक्षण र वन सेवा प्रवाह हुँदै आइरहेको छ ।
जिल्लाको १,१२,२६६ हे. (४८.९%) भू-भाग यस डिभिजन वन कार्यालयको कार्यक्षेत्र भित्र पर्छ भने जिल्लाको कुल वनक्षेत्रको ४६.२४% वन क्षेत्र यस कार्यालय कार्यक्षेत्र भित्र पर्दछ (जिल्लाको क्षेत्रफल, वनको क्षेत्रफल FRTC को २०१९ को तथ्यांक वाट साभार गरिएको हो )।